• साउन १९, २०८२
  • No Comment
  • 69

दैलेखका वुढा एनआरएनए ओहायो च्याप्टरको अध्यक्षमा सर्वसम्मत चयन

अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको  अध्यक्षमा दैलेखका विजयी वुढा सर्वसम्मत रूपमा चयन भएका छन्। उनी यस अघि महावु गाउँपालिका–३, बाँसी दैलेखका वुढा यसअघि प्रवासी नेपाली मञ्चको अध्यक्ष रहेका थिए।

अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफूहरूको मूल शक्ति भएको उल्लेख गर्दै, उक्त विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्। उनले एनआरएन समुदायको हित, एकता र प्रगतिका लागि निरन्तर क्रियाशील रहने बताउँदै, मातृभूमिप्रति समर्पित भावनासहित काम गर्ने अठोट व्यक्त गरे।

वुढाको नेतृत्वमा ओहायोस्थित नेपाली समुदायका लागि विभिन्न कार्ययोजना अघि सारिएका छन्। तिनमा नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रम सञ्चालन, सांस्कृतिक, शैक्षिक, र कन्सुलर सेवा प्रवाह, तथा स्थानीय संघसंस्थासँग मिलेर समुदायमुखी कार्यक्रमको आयोजना जस्ता पहलहरू रहेका छन्।

त्यसैगरी, ओहायो च्याप्टर र राष्ट्रिय समन्वय परिषद् (NCC) बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको छ।

वुढाको सर्वसम्मत चयनले ओहायोस्थित नेपाली समुदायमा उत्साह थपिएको छ भने आगामी दिनमा समुदायको हितमा थप प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *