• साउन १९, २०८२
  • No Comment
  • 160

दैलेखका वुढा एनआरएनए ओहायो च्याप्टरको अध्यक्षमा सर्वसम्मत चयन

अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको  अध्यक्षमा दैलेखका विजयी वुढा सर्वसम्मत रूपमा चयन भएका छन्। उनी यस अघि महावु गाउँपालिका–३, बाँसी दैलेखका वुढा यसअघि प्रवासी नेपाली मञ्चको अध्यक्ष रहेका थिए।

अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफूहरूको मूल शक्ति भएको उल्लेख गर्दै, उक्त विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्। उनले एनआरएन समुदायको हित, एकता र प्रगतिका लागि निरन्तर क्रियाशील रहने बताउँदै, मातृभूमिप्रति समर्पित भावनासहित काम गर्ने अठोट व्यक्त गरे।

वुढाको नेतृत्वमा ओहायोस्थित नेपाली समुदायका लागि विभिन्न कार्ययोजना अघि सारिएका छन्। तिनमा नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रम सञ्चालन, सांस्कृतिक, शैक्षिक, र कन्सुलर सेवा प्रवाह, तथा स्थानीय संघसंस्थासँग मिलेर समुदायमुखी कार्यक्रमको आयोजना जस्ता पहलहरू रहेका छन्।

त्यसैगरी, ओहायो च्याप्टर र राष्ट्रिय समन्वय परिषद् (NCC) बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको छ।

वुढाको सर्वसम्मत चयनले ओहायोस्थित नेपाली समुदायमा उत्साह थपिएको छ भने आगामी दिनमा समुदायको हितमा थप प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *