अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर अमेरिकाको अध्यक्षमा दैलेखका विजयी वुढा सर्वसम्मत रूपमा चयन भएका छन्। उनी यस अघि महावु गाउँपालिका–३, बाँसी दैलेखका वुढा यसअघि प्रवासी नेपाली मञ्चको अध्यक्ष रहेका थिए।
अध्यक्षमा निर्वाचित भएपछि वुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफूहरूको मूल शक्ति भएको उल्लेख गर्दै, उक्त विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन्। उनले एनआरएन समुदायको हित, एकता र प्रगतिका लागि निरन्तर क्रियाशील रहने बताउँदै, मातृभूमिप्रति समर्पित भावनासहित काम गर्ने अठोट व्यक्त गरे।
वुढाको नेतृत्वमा ओहायोस्थित नेपाली समुदायका लागि विभिन्न कार्ययोजना अघि सारिएका छन्। तिनमा नेपाली राजदूतावाससँगको सहकार्यमा सेवा शिविर र सम्पर्क कार्यक्रम सञ्चालन, सांस्कृतिक, शैक्षिक, र कन्सुलर सेवा प्रवाह, तथा स्थानीय संघसंस्थासँग मिलेर समुदायमुखी कार्यक्रमको आयोजना जस्ता पहलहरू रहेका छन्।
त्यसैगरी, ओहायो च्याप्टर र राष्ट्रिय समन्वय परिषद् (NCC) बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको छ।
वुढाको सर्वसम्मत चयनले ओहायोस्थित नेपाली समुदायमा उत्साह थपिएको छ भने आगामी दिनमा समुदायको हितमा थप प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ।
काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…