• चैत्र २, २०८२
  • No Comment
  • 27

सुर्खेतबाट बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका एक जनाको मृत्यु, पाँच जना बेपत्ता

सुर्खेत, २ चैत । सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न भनी बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना  बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार गत फागुन २३ गते सुर्खेतको बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्री सहित ६ जनाको  टाेली घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएको थियो। सोही टोलीमा रहेका सुनिल समसेलीकी आमाले टोपबहादुर खत्रीको मृत्यु भएको जानकारी दिएपछि घटना बाहिर आएको हो।

मृतक खत्रीका भिनाजु आसे महतराले आज बिहान ९:३० बजे प्रहरी चौकी रानीघाटमा घटनाबारे सूचना दिनुभएको थियो । उक्त टोलीमा खत्रीसहित बराहताल–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय राम बहादुर घर्ति र ३० वर्षीय सुनिल समसेली रहेका थिए । त्यस्तै, लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गा बहादुर सिजाली पनि सोही टोलीमा रहेको र उनीहरू सबै हालसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य बुझ्न तथा हराइरहेका व्यक्तिहरूको खोजीका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले हराइरहेकाहरूको खोजी कार्यलाई तीव्रता दिएको छ भने घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *