- चैत्र २, २०८२
- No Comment
- 32
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत। अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा तरकारीका बीउबिजन वितरण गर्नुभएको छ। चौकुने गाउँपालिका वडा नं. ८ को सभाहलमा आयोजित कार्यक्रममा काक्रा, लौका, फर्सी, चिचिन्डा, धिरौला, भिण्डी तथा करेला लगायतका तरकारीका बीउबिजन वितरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि कमल जी.सी. ले यस्ता कार्यक्रमले युवाहरुलाई कृषिमा आकर्षित गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताउनुभयो। कार्यक्रममा स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो। संयुक्त समाज सुधार युवाहरुलाई लक्षित गरी गरिएको बीउबिजन वितरणले गाउँमा तरकारी उत्पादन बढाउने र आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका स्थानीय स्तरमै कृषि उत्पादन बढाई गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्ता गतिविधि सञ्चालन गरिएको बताए। कार्यक्रम चौकुने गाउँपालिका वडा नं. ८ को सभाहलमा सम्पन्न भएको हो।



