• साउन १४, २०८२
  • No Comment
  • 113

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

 काभ्रेपलाञ्चोक काभ्रेको महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत सफल उद्धार गरिँदा आमा र शिशुको ज्यान जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार रेनुकालाई राष्ट्रपति–महिला उत्थान कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा गोकुले स्वास्थ्यचौकीबाट काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्‍याइएको हो। स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले पनि सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेकी छन्।

यसअघि गत शुक्रबार पनि महाभारत–७ बनखुकी २८ वर्षीया गर्भवती देवकुमारी पाख्रिनको हेली एम्बुलेन्समार्फत उद्धार गरिएको थियो।

महाभारत गाउँपालिकाको अधिकांश सडक कच्ची छन् र वर्षाको समयमा आवागमन अवरुद्ध हुने भएकाले हेलिकप्टरबाट उद्धार गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष जिम्बाले बताए। साथै, दुर्गम क्षेत्रका महिलाका लागि राष्ट्रपति–महिला उत्थान कार्यक्रम जीवनदायिनी सावित भइरहेको र थुप्रै महिलाले लाभ लिएको उनले जानकारी दिए।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *