• साउन १४, २०८२
  • No Comment
  • 170

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

 काभ्रेपलाञ्चोक काभ्रेको महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत सफल उद्धार गरिँदा आमा र शिशुको ज्यान जोगिएको छ। सोमबार साँझदेखि सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको हो।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार रेनुकालाई राष्ट्रपति–महिला उत्थान कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा गोकुले स्वास्थ्यचौकीबाट काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्‍याइएको हो। स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले पनि सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गरेकी छन्।

यसअघि गत शुक्रबार पनि महाभारत–७ बनखुकी २८ वर्षीया गर्भवती देवकुमारी पाख्रिनको हेली एम्बुलेन्समार्फत उद्धार गरिएको थियो।

महाभारत गाउँपालिकाको अधिकांश सडक कच्ची छन् र वर्षाको समयमा आवागमन अवरुद्ध हुने भएकाले हेलिकप्टरबाट उद्धार गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष जिम्बाले बताए। साथै, दुर्गम क्षेत्रका महिलाका लागि राष्ट्रपति–महिला उत्थान कार्यक्रम जीवनदायिनी सावित भइरहेको र थुप्रै महिलाले लाभ लिएको उनले जानकारी दिए।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *