• जेष्ठ २८, २०८२
  • No Comment
  • 241

सुर्खेतमा २ दिन सुनचाँदी पसल बन्द गरेर ब्यावसायीले सरकारको निर्णयको बिरोध

सुर्खेतमा २ दिन सुनचाँदी पसल बन्द गरेर ब्यावसायीले सरकारको निर्णयको बिरोध गर्ने नेपाल सरकारले सुनमा २ प्रतिशत बिलाशिता कर र हिरा, जहवारत, पत्थरमा १३ प्रतिशत भ्याट लगाईदिएपछी सुनचाँदी ब्यावसायी संघले देशै भर आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको प्रभाव सुर्खेतमा पनी देखिएको छ । सुर्खेतमा ब्यावसायीहरुले पसलमै कालो ब्यानरमा आफना मागहरु र नाराहरु लेखेर सामाजिक संजालमा सरकारको निर्णयको बिरोध गरिरहेका छन् । सुनचाँदी ब्यावसायी संघले यसको बिरोधमा देशैभर आन्दोलनका कार्यक्रम अघि सारेका बेला सुर्खेतमा पनी ब्यावसायीहरुले आफनो पसल २ दिन बन्द गरेर बिरोध गर्ने भएका छन् ।

सुनचाँदी ब्यावसायी संघ सुर्खेतका अध्यक्ष अाेम बहादुर बिश्वकर्माले कोरोनाकाल देखी नै थलिएर राम्रो संग तंग्रीन नसकेका ब्यावसायीलाई सरकारले थप पिडा दिएको बताउनु भयो । उहाँले भन्नु भयो सरकारले अभिभावकिय भुमिका निर्वाह गर्नु पर्ने हो तर ठिक बिपरित सरकार सुनचाँदी ब्यावसायीबाट असुलि धन्दामा लागि रहेको छ । लाईका खबरलाई प्रतिक्रिया दिदै महासचिव माेहन सुनारले पहिलो चरणको आन्दोलन अन्तर्गत जेठ २९ गते सेतो ब्यानरमा हस्ताक्षर संकलन गरिने र जेठ ३० गते बिरोध स्वरुप सुर्खेतको मंगलगढी चोक बाट र्यालि निकालेर जिल्ला प्रशासन कार्यालय सुर्खेत अगाडी धर्ना दिईने छ । सुनचाँदी ब्यावसायी संघ सुर्खेतका उपाध्यक्ष डिलु सुनारले सस्कृती संग जोडिएको क्षेत्रलाई बिलासिताको कर लगाउदा ब्यावसायी थप संकटमा परेको बताउनु भयो । बजेट मार्फत सरकारले गरेको निर्णले आफुहरुलाई ठुलो मार परेको भन्दै सरकारले तत्काल निर्णय फिर्ता लिनुपर्ने बताउनु भयाे ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *