• चैत्र २२, २०८१
  • No Comment
  • 5

सनराइजर्समाथि कोलकाताको शानदार जित

काठमाडौं। कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै जारी आईपीएलमा शानदार प्रदर्शन गरेको छ। गएराति सम्पन्न खेलमा कोलकाताले सनराइजर्सलाई ८० रनले पराजित गरेको हो।

कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्सको टोली १६.४ ओभरमै अलआउट हुँदै १२० रनमा समेटियो। सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाउँदा कमिन्दु मेन्डिसले २७ र नितीश कुमार रेड्डीले १९ रनको योगदान दिए।

कोलकाताका बलरहरू प्रभावशाली देखिए। वैभव अरोरा र वरुण चक्रवर्तीले ३-३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा हर्षित राना र सुनील नारिनले १-१ विकेट हात पारे।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा २०० रनको सम्मानजनक योगफल बनाएको थियो। कोलकाताका लागि वेंकटेश अय्यरले सर्वाधिक ६० रन बनाउँदा अंगकृष रघुबंशीले ५० रन बनाए। कप्तान अजिंक्य रहाणेले ३९ तथा रिंकु सिंहले अविजित ३२ रनको योगदान दिए।

सनराइजर्सका बलरमध्ये मोहम्मद शमी, पाट कमिन्स, जीशान अन्सारी, हर्षल पटेल र कमिन्दु मेन्डिसले समान १-१ विकेट लिएका थिए।

यो जितसँगै कोलकाताले यस सिजनमा दोस्रो जित दर्ता गरेको छ। ४ खेलमध्ये २ जित र २ हारसहित ४ अंक जोडेको कोलकाता तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। भने, सनराइजर्सले ४ खेलमा १ मात्र जित हात पार्दै तेस्रो हार बेहोरेको छ र पुछारमा रहेको छ।

त्यस्तै, आजको आईपीएल खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्।

 

सम्बन्धित खबर

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष स्थानमा 

नेपाल सुपर लिग: काठमाण्डौ रेजर्सलाई हराउदैँ धनगढी एफसी शीर्ष…

काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसी शानदार प्रदर्शनका साथ शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो सम्पन्न…
भात जतिखेर पनि खानु किन ठीक हुँदैन? जान्नुहोस् कहिले खानु उपयुक्त हुन्छ 

भात जतिखेर पनि खानु किन ठीक हुँदैन? जान्नुहोस् कहिले…

काठमाडौँ – भात नेपालीहरूको दैनिक जीवनको अभिन्न हिस्सा हो। प्रायःजसो मानिसहरू रोटीभन्दा भातलाई प्राथमिकता दिन्छन्, किनभने यो स्वादिलो, छिटो पकाउने र…
रुकुम पश्चिममा लगाइएको अफिमखेती नष्ट

रुकुम पश्चिममा लगाइएको अफिमखेती नष्ट

रुकुम। रुकुम पश्चिममा प्रहरीले अवैध लागुऔषध अफिम खेतीविरुद्ध कडा अभियान थालेको छ। पछिल्लो चार दिनमा मात्रै ७५ रोपनी क्षेत्रफलमा फैलिएको अफिमखेती…

Leave a Reply

Your email address will not be published. Required fields are marked *