• चैत्र २२, २०८१
  • No Comment
  • 138

सनराइजर्समाथि कोलकाताको शानदार जित

काठमाडौं। कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै जारी आईपीएलमा शानदार प्रदर्शन गरेको छ। गएराति सम्पन्न खेलमा कोलकाताले सनराइजर्सलाई ८० रनले पराजित गरेको हो।

कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्सको टोली १६.४ ओभरमै अलआउट हुँदै १२० रनमा समेटियो। सनराइजर्सका लागि हेइनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाउँदा कमिन्दु मेन्डिसले २७ र नितीश कुमार रेड्डीले १९ रनको योगदान दिए।

कोलकाताका बलरहरू प्रभावशाली देखिए। वैभव अरोरा र वरुण चक्रवर्तीले ३-३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा हर्षित राना र सुनील नारिनले १-१ विकेट हात पारे।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा २०० रनको सम्मानजनक योगफल बनाएको थियो। कोलकाताका लागि वेंकटेश अय्यरले सर्वाधिक ६० रन बनाउँदा अंगकृष रघुबंशीले ५० रन बनाए। कप्तान अजिंक्य रहाणेले ३९ तथा रिंकु सिंहले अविजित ३२ रनको योगदान दिए।

सनराइजर्सका बलरमध्ये मोहम्मद शमी, पाट कमिन्स, जीशान अन्सारी, हर्षल पटेल र कमिन्दु मेन्डिसले समान १-१ विकेट लिएका थिए।

यो जितसँगै कोलकाताले यस सिजनमा दोस्रो जित दर्ता गरेको छ। ४ खेलमध्ये २ जित र २ हारसहित ४ अंक जोडेको कोलकाता तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। भने, सनराइजर्सले ४ खेलमा १ मात्र जित हात पार्दै तेस्रो हार बेहोरेको छ र पुछारमा रहेको छ।

त्यस्तै, आजको आईपीएल खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्।

 

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *