• भदौ १४, २०८२
  • No Comment
  • 108

सुर्खेतमा भन्सार छली सामान बरामद

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले भन्सार छली ल्याइएको ठूलो परिमाणको मोबाइल पार्ट्ससहितका सामान बरामद गरेको छ ।

शनिबार दिउँसो भेरीगंगा नगरपालिका–५, बबई चेकपोस्टमा प्र.स.नि. हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट आउँदै गरेको क.प्र.०२–००१ प.८४१९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ती सामान फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिल–भरपाई बिना भन्सार छली ल्याइएका विभिन्न सामानहरूमा १६७ थान ठूलो मोबाइल डिस्प्ले, २० थान मोबाइल चिप्स, ३० थान बटन, १० थान चार्जर, ५ थान होल्डर, ५ थान जम्पर, ५ थान मोबाइल भित्री कभर, ४० थान मोबाइल कभर, ४ थान झोल पेस्ट र ५ थान सानो मोबाइल डिस्प्ले रहेका छन् ।

बरामद गरिएका सामानहरूको अनुमानित मूल्य करिब रु.२ लाख ७१ हजार ७५० रहेको प्रहरीले जनाएको छ । बरामद वस्तुहरू आवश्यक कारबाहीका लागि बबई प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *