• भदौ १४, २०८२
  • No Comment
  • 71

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् ।

शनिबार (भदौ १४) ३३औँ महानगर प्रहरी दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले सिटी प्रहरीको कार्यशैली हलिउड फिल्ममा देखिने न्युयोर्क सिटी पुलिसको जस्तै लाग्ने उल्लेख गरे ।

“सानोमा हलिउड फिल्महरूमा देखिने सिटी पुलिसलाई मात्र कल्पना गर्थ्यौँ, तर अहिले काठमाडौं महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ, जुन खुसीको कुरा हो,” मेयर शाहले भने ।

उनका अनुसार काठमाडौं महानगरपालिकाले गरेका कार्यबाट देशका अन्य स्थानीय तहहरूले सिक्ने क्रम बढिरहेको छ र त्यसमा महानगर प्रहरीको ठूलो योगदान छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण हटाउने, महानगरमा सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले प्रस्ट पारे ।

“काठमाडौंलाई जसरी राजधानीको रूपमा चिनिन्छ, त्यस्तै महानगर प्रहरी बललाई पनि काठमाडौंको पर्यायवाची पहिचानका रूपमा स्थापित गरिएको छ,” उनले थपे ।

मेयर शाहले महानगर प्रहरीको कर्मनिष्ठा र योगदान आगामी दिनमा पनि अन्य सिटी पुलिस तथा स्थानीय सरकारहरूका लागि सिकाइको उदाहरण बन्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *