• भदौ १४, २०८२
  • No Comment
  • 131

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन् ।

शनिबार (भदौ १४) ३३औँ महानगर प्रहरी दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले सिटी प्रहरीको कार्यशैली हलिउड फिल्ममा देखिने न्युयोर्क सिटी पुलिसको जस्तै लाग्ने उल्लेख गरे ।

“सानोमा हलिउड फिल्महरूमा देखिने सिटी पुलिसलाई मात्र कल्पना गर्थ्यौँ, तर अहिले काठमाडौं महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ, जुन खुसीको कुरा हो,” मेयर शाहले भने ।

उनका अनुसार काठमाडौं महानगरपालिकाले गरेका कार्यबाट देशका अन्य स्थानीय तहहरूले सिक्ने क्रम बढिरहेको छ र त्यसमा महानगर प्रहरीको ठूलो योगदान छ ।

सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण हटाउने, महानगरमा सुशासन, सुव्यवस्था र अनुगमन गर्ने काममा महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले प्रस्ट पारे ।

“काठमाडौंलाई जसरी राजधानीको रूपमा चिनिन्छ, त्यस्तै महानगर प्रहरी बललाई पनि काठमाडौंको पर्यायवाची पहिचानका रूपमा स्थापित गरिएको छ,” उनले थपे ।

मेयर शाहले महानगर प्रहरीको कर्मनिष्ठा र योगदान आगामी दिनमा पनि अन्य सिटी पुलिस तथा स्थानीय सरकारहरूका लागि सिकाइको उदाहरण बन्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *