• भदौ १४, २०८२
  • No Comment
  • 51

कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारसम्म सम्पन्न गरिसक्नु : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रशारणलाइन तिहारभित्रै सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

शनिबार सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म प्रशारणलाइन अन्तर्गतका संरचना अवलोकन गर्दै उनले स्थानीय विवाद र कानुनी जटिलताका कारण ढिलाइ भए पनि ती समस्या अब समाधान भइसकेकाले निर्माणमा ढिलाइ अस्वीकार्य हुने चेतावनी दिए ।

“मौसम प्रतिकूलतालाई कारण देखाएर अब धेरै समय ढिलाइ गर्ने छुट छैन । जतिसक्दो छिटो प्रशारणलाइनको काम सम्पन्न गर्नुस् । प्रदेश वा संघीय सरकारबाट आवश्यक निर्णय वा सहकार्य चाहिने भए जानकारी गराउनुस्,” मुख्यमन्त्री कँडेलले भने ।

उनले सुर्खेत र कोहलपुरस्थित सबस्टेशन, गाभर क्षेत्रमा बनेका टावर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माणाधीन संरचनाको अवलोकन गर्दै कर्मचारीसँग छलफल गरेका थिए । चिसापानी गाभरमा भएको छलफलमा संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।

मन्त्री शाहीले पनि आयोजनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्रालयतर्फबाट गर्नुपर्ने काम तत्काल पूरा गर्ने आश्वासन दिए । “बाँकी केही समस्या देखिएमा मन्त्रालय वा मन्त्रिपरिषद्सम्म लैजान तयार छौँ,” उनले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिवद्धता जनाए । आयोजनाका प्रमुख रवि चौधरीका अनुसार १६२ टावरमध्ये तीनवटा मात्रै बाँकी छन् भने करिब १० किलोमिटर लाइन तान्न बाकी छ । बाँकेको बानियाँभारमा खेतमा पानीका कारण टावरको जग खन्न ढिलाइ भए पनि पानी घटेसँगै काम तीव्र गतिमा अघि बढाइने उनले जानकारी दिए ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवादका कारण काम रोकिएको थियो । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका लागि मुआब्जा नीतिमा परिवर्तन गरेपछि विवाद समाधान भएको हो ।

५२ किलोमिटर लामो यो प्रशारणलाइन बाँकेको कोहलपुरबाट सुरु भई सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना सबस्टेशनमा टुंगिनेछ । आयोजनाले भौगोलिक जटिलता भएका स्थानमा ड्रोनमार्फत तार तान्ने तयारी समेत गरेको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *