• फाल्गुन १७, २०८१
  • No Comment
  • 110

उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा गएको हिमपहिरोमा फसेकामध्ये ३३ जना मजदूरको उद्धार गरिएको छ भने अझै २२ जना बेपत्ता छन् । चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जानकारी दिएको छ ।

यसअघि घटनास्थलमा ५७ जना मजदूर कार्यरत रहेको बताइएको थियो, तर चमोलीका डीएमका अनुसार दुई जना बिदामा रहेका कारण हिमपहिरोमा फसेकामध्ये कुल संख्या ५५ रहेको पुष्टि गरिएको छ । हाल बेपत्ता मजदूरहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।

उद्धार अभियानमा भारतीय सेना, आईटीबीपी (इन्डो-टिबेटियन बोर्डर पुलिस), एनडीआरएफ (नेशनल डिजास्टर रिस्पोन्स फोर्स) र एसडीआरएफ (स्टेट डिजास्टर रिस्पोन्स फोर्स) का टोली परिचालित छन् ।

हिमपहिरो हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा गएको हो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा संलग्न मजदूरहरू हिमपहिरोमा फसेका थिए । तीव्र हिमपातका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको अधिकारीहरूले बताएका छन् ।

भारतीय प्रशासनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सबै स्रोतसाधन परिचालन गरेको छ भने बेपत्ताहरूको शीघ्र उद्धारको लागि प्रयास जारी राखिएको छ ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *