• फाल्गुन १७, २०८१
  • No Comment
  • 165

उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा गएको हिमपहिरोमा फसेकामध्ये ३३ जना मजदूरको उद्धार गरिएको छ भने अझै २२ जना बेपत्ता छन् । चमोलीका जिल्ला अधिकारी (डीएम) सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जानकारी दिएको छ ।

यसअघि घटनास्थलमा ५७ जना मजदूर कार्यरत रहेको बताइएको थियो, तर चमोलीका डीएमका अनुसार दुई जना बिदामा रहेका कारण हिमपहिरोमा फसेकामध्ये कुल संख्या ५५ रहेको पुष्टि गरिएको छ । हाल बेपत्ता मजदूरहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।

उद्धार अभियानमा भारतीय सेना, आईटीबीपी (इन्डो-टिबेटियन बोर्डर पुलिस), एनडीआरएफ (नेशनल डिजास्टर रिस्पोन्स फोर्स) र एसडीआरएफ (स्टेट डिजास्टर रिस्पोन्स फोर्स) का टोली परिचालित छन् ।

हिमपहिरो हिजो दिउँसो बद्रीनाथ धामको नजिक मनामा गएको हो । सीमा सडक सङ्गठन (बीआरओ) को सडक निर्माणमा संलग्न मजदूरहरू हिमपहिरोमा फसेका थिए । तीव्र हिमपातका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको अधिकारीहरूले बताएका छन् ।

भारतीय प्रशासनले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सबै स्रोतसाधन परिचालन गरेको छ भने बेपत्ताहरूको शीघ्र उद्धारको लागि प्रयास जारी राखिएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *