• फाल्गुन १५, २०८१
  • No Comment
  • 40

सुर्खेतमा सवारी दुर्घटना : १३ जना घाइते

सुर्खेत, वीरेन्द्रनगर – सुर्खेतमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको जीप सोमबार दुर्घटनाग्रस्त भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त दुर्घटना वीरेन्द्रनगर नगरपालिका-२ को बाङ्गेसीमबाट करिब १ किलोमिटर पश्चिमतर्फ घोडालोटे भन्ने स्थानमा भएको छ। प्रहरी निरीक्षक वकिल सुनारका अनुसार जीप अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका १३ जनाको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार जीपमा कुल १६ जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *