- बैशाख २६, २०८२
- No Comment
- 134
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी
दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा विजयी हुनुभएको छ। निर्वाचनमा जम्मा ६१३ मध्ये ५५८ मत खसेको थियो। जसमा अध्यक्षमा नरेन्द्र थापा ३३१ मत ल्याई विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्दी राजेश हमालले २१५ मत प्राप्त गर्नुभएको दैलेख बारका सचिव प्रेम थापाले बताउनुभएको छ।
निर्वाचन वैशाख २५ गते बिहानबाटै सुरु भएको उक्त रातिबाट गणना सुरु गरी शुक्रबार बिहान नतिजा सार्वजनिक गरिएको थियो भने निर्वाचन परिणामको अन्तिम नरेन्द्र थापाको सम्पूर्ण प्यानल नै विजय भएको छ।

