• बैशाख २६, २०८२
  • No Comment
  • 22

आजदेखि महिला टी-२० विश्वकपको एशिया छनौट: नेपालले हङकङ चाइनाविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मे २० सम्म थाइल्याण्डमा आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट खेल्दैछ ।

आज पहिलो खेलमा नेपालले हङकङ चाइनासँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार आज बिहान ८: १५ बजेदेखि बैंककमा शुरु हुदैछ ।

कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका छन् भने समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

समुहमा हरेक टिमले एक अर्काविरुद्ध २ -२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेल्ने छन् । फाइनल राउण्डमा एक अर्काविरुद्ध खेलेपछि शिर्ष दुई देश विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने छन् ।

नेपालले मे ९ मा हङकङ चाइनासँग खेल्ने छ भने मे १० मा बहराइनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै मे १३ मा फेरी हङकङ चाइना र मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ  (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा ९कप्तान०, पुजा महतो ९उपकप्तान०, रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

 

सम्बन्धित खबर

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

काठमाडौँ । बजारमा पाइने दूधको गुणस्तरप्रति व्यापक आशंका व्यक्त भइरहेका बेला विज्ञ तथा उपभोक्ता अधिकारकर्मीहरूले घरमै दूधको शुद्धता परीक्षण गर्ने सजिला…
प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *