• फाल्गुन ९, २०८१
  • No Comment
  • 5

बिहानकाे समयमा के खाने के नखाने हेर्नुहाेस 

बिहान खाली पेटमा के खाने र के नखाने भन्ने विषयमा जनचेतना आवश्यक छ। बिहान उठ्ने बित्तिकै जे पायो त्यही खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ। गलत खानपानले पाचन प्रणालीमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ।

विशेषगरी, बिहान खाली पेटमा केही यस्ता खानेकुरा खानु हुँदैन जसले एसिडिटी, ग्यास तथा पेटसम्बन्धी समस्यालाई बढावा दिन्छ। कफि, परौठा, केरा र टमाटर जस्ता खानेकुरा खाली पेटमा खाँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ।

कफि बिहान खाली पेटमा पिउनु स्वास्थ्यका लागि उचित होइन। यसले पेट पोल्ने, ग्यास भरिने र एसिडिटी बढ्ने समस्या ल्याउँछ। धेरै मानिसहरु बिहान उठ्ने बित्तिकै कफि पिउने बानीमा रहन्छन्, तर यो बानीले ग्यास्ट्रिक, छातीमा जलन तथा पाचनसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, कफि पिउने बानी हटाएर मन तातो पानी वा हल्का व्यायाम गर्नाले राम्रो हुन्छ।

तेलमा तारेका खानेकुरा, जस्तै परौठा, बिहान खाली पेटमा खानु हुँदैन। यसले एसिडिटी बढाउनुका साथै शरीरमा चिल्लो पदार्थको मात्रा अत्यधिक बढाउने भएकाले मोटोपना र अल्छिपना निम्त्याउन सक्छ।

धेरै मानिसहरु बिहान खाली पेटमा फलफूल खानु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने सोच्दछन्। तर, केरा खाली पेटमा खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। केरामा म्याग्नेसियम र पोटासियमको मात्रा उच्च हुने भएकाले यसले मुटुमा असर पार्न सक्छ। खाली पेटमा केरा खाँदा पेटमा रहेका ब्याक्टेरियालाई सक्रिय बनाउने भएकाले मुटु दुख्ने सम्भावना रहन्छ।

त्यस्तै, टमाटरमा टनिक एसिडको मात्रा बढी हुने भएकाले यसले ग्यास्ट्रिक तथा अल्सरको सम्भावना बढाउन सक्छ। धेरैले टमाटर तथा काक्रो काँचो खाएर स्वस्थ रहने विश्वास गर्छन्, तर खाली पेटमा यी खानेकुरा खाँदा पेटलाई असर पार्न सक्छ।

स्वस्थ जीवनशैलीका लागि बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउनु उपयुक्त हुन्छ। यदि तातो पानी उपलब्ध नभएमा रातभर छोपेर राखिएको पानी पिउँदा पनि राम्रो हुन्छ। त्यसपछि मात्र अन्य स्वस्थकर खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

सम्बन्धित खबर

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान गयो

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान…

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएकाे छ। शुक्रबार…
बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेमा गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय…
आजकाे माैसम

आजकाे माैसम

आज शनिबार देशका धेरैजसो स्थानमा मौसम बदली हुने तथा मधेसबाहेकका बाँकी प्रदेशमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *