• फाल्गुन ९, २०८१
  • No Comment
  • 70

सहकारीको १ अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ

बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था को १ अर्ब ४९ करोड रुपैयाँ अपचलन प्रकरणमा संलग्न भएको अभियोगमा थप एक जना पक्राउ परेका छन्।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको थियो। जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार माघ २० गते पक्राउ परेका अन्य पाँच अभियुक्तसँगै पुनलाई अदालत उपस्थित गराउने गरी म्याद थपिएको छ।

पोखरास्थित सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार कुमारी सहकारीका ६ हजार बचतकर्ता रहेका छन्। उक्त सहकारीमा भएको १ अर्ब ४९ करोड रुपैयाँको अपचलन मा संलग्न रहेको आरोपमा पुनलगायत अन्य अभियुक्तहरुविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कानुनी कारबाही अगाडि बढाइएको छ।

थप अनुसन्धानका क्रममा सहकारीका पूर्वसञ्चालक लोकेश पुनमगर पनि अपचलनमा संलग्न रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहकारीमा ठुलो आर्थिक अनियमितता भएको खुल्दै गएपछि पीडित बचतकर्ताले न्यायको माग गर्दै प्रहरी तथा प्रशासनमा उजुरी दिएका छन्। प्रहरीले यस विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएको छ

सम्बन्धित खबर

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

सुर्खेतको खाजा घरबाट सञ्चालकसहित ५ जना जुवाडे पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६,…
सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेतबाट साढे ५ किलो लागुऔषधसहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले ठूलो परिमाणको लागुऔषध (अफिम)सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भेरीगंगा नगरपालिका-१०, छिन्चु बजारबाट करिब साढे ५ किलो…
आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास…

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन गुरुप्रति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *