• फाल्गुन १०, २०८१
  • No Comment
  • 152

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान गयो

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएकाे छ। शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कर्पियो ठोक्किएर दुर्घटना भएको हो।

 मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी, परसुराम चौधरी र सोही नगरपालिका–५ की हरिहरदेवी रहेका छन्। त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन्।

सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरूप नगरपालिका–७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते भएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *