• फाल्गुन १०, २०८१
  • No Comment
  • 188

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान गयो

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएकाे छ। शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कर्पियो ठोक्किएर दुर्घटना भएको हो।

 मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी, परसुराम चौधरी र सोही नगरपालिका–५ की हरिहरदेवी रहेका छन्। त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन्।

सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरूप नगरपालिका–७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते भएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *