• फाल्गुन ९, २०८१
  • No Comment
  • 235

बिहानकाे समयमा के खाने के नखाने हेर्नुहाेस 

बिहान खाली पेटमा के खाने र के नखाने भन्ने विषयमा जनचेतना आवश्यक छ। बिहान उठ्ने बित्तिकै जे पायो त्यही खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छ। गलत खानपानले पाचन प्रणालीमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ।

विशेषगरी, बिहान खाली पेटमा केही यस्ता खानेकुरा खानु हुँदैन जसले एसिडिटी, ग्यास तथा पेटसम्बन्धी समस्यालाई बढावा दिन्छ। कफि, परौठा, केरा र टमाटर जस्ता खानेकुरा खाली पेटमा खाँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ।

कफि बिहान खाली पेटमा पिउनु स्वास्थ्यका लागि उचित होइन। यसले पेट पोल्ने, ग्यास भरिने र एसिडिटी बढ्ने समस्या ल्याउँछ। धेरै मानिसहरु बिहान उठ्ने बित्तिकै कफि पिउने बानीमा रहन्छन्, तर यो बानीले ग्यास्ट्रिक, छातीमा जलन तथा पाचनसम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले, कफि पिउने बानी हटाएर मन तातो पानी वा हल्का व्यायाम गर्नाले राम्रो हुन्छ।

तेलमा तारेका खानेकुरा, जस्तै परौठा, बिहान खाली पेटमा खानु हुँदैन। यसले एसिडिटी बढाउनुका साथै शरीरमा चिल्लो पदार्थको मात्रा अत्यधिक बढाउने भएकाले मोटोपना र अल्छिपना निम्त्याउन सक्छ।

धेरै मानिसहरु बिहान खाली पेटमा फलफूल खानु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने सोच्दछन्। तर, केरा खाली पेटमा खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। केरामा म्याग्नेसियम र पोटासियमको मात्रा उच्च हुने भएकाले यसले मुटुमा असर पार्न सक्छ। खाली पेटमा केरा खाँदा पेटमा रहेका ब्याक्टेरियालाई सक्रिय बनाउने भएकाले मुटु दुख्ने सम्भावना रहन्छ।

त्यस्तै, टमाटरमा टनिक एसिडको मात्रा बढी हुने भएकाले यसले ग्यास्ट्रिक तथा अल्सरको सम्भावना बढाउन सक्छ। धेरैले टमाटर तथा काक्रो काँचो खाएर स्वस्थ रहने विश्वास गर्छन्, तर खाली पेटमा यी खानेकुरा खाँदा पेटलाई असर पार्न सक्छ।

स्वस्थ जीवनशैलीका लागि बिहान उठ्ने बित्तिकै मन तातो पानी पिउनु उपयुक्त हुन्छ। यदि तातो पानी उपलब्ध नभएमा रातभर छोपेर राखिएको पानी पिउँदा पनि राम्रो हुन्छ। त्यसपछि मात्र अन्य स्वस्थकर खाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *