• फाल्गुन १०, २०८१
  • No Comment
  • 46

बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेमा गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच भनाभन भएपछि झडप भएको थियो। सो क्रममा थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बुढीगंगा-७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन्। अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *