• फाल्गुन १०, २०८१
  • No Comment
  • 114

बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेमा गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच भनाभन भएपछि झडप भएको थियो। सो क्रममा थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बुढीगंगा-७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन्। अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *