• फाल्गुन ८, २०८१
  • No Comment
  • 4

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : नेपाल आज लेबनानसँग भिड्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।

यसअघि दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच पहिलो खेल हुनेछ। प्रतियोगितामा रहेका चार टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेका थिए।

आजको खेल जित्दै नेपाल फाइनल यात्रा सुनिश्चित गर्न चाहन्छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि लेबनानविरुद्ध जितकै लागि खेल्ने बताएका छन्।

नेपालका लागि पहिलो खेलमा विमला चौधरीको एक मात्र गोल निर्णायक बनेको थियो, तर फिनिसिङमा कमजोरी देखिएको थियो। आजको खेलमा त्यसलाई सुधार्ने नेपालले अपेक्षा राखेको छ।

लेबनानका प्रशिक्षक वेल घार्जेदिनले पहिलो खेलमा पराजय भोगेपछि केही परिवर्तन गर्ने संकेत दिएका छन्। सोमबार मात्रै काठमाडौं आइपुगेका लेबनानका तीन खेलाडी आजको खेलमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।

नेपाल र लेबनान यसअघि एक पटकमात्र भिडेका थिए। गत वर्ष वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले २-१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ। लगातार दोस्रो जित हात पार्दै टोली सेमिफाइनल पुग्न चाहन्छ।

सम्बन्धित खबर

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान गयो

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान…

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएकाे छ। शुक्रबार…
बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेमा गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय…
आजकाे माैसम

आजकाे माैसम

आज शनिबार देशका धेरैजसो स्थानमा मौसम बदली हुने तथा मधेसबाहेकका बाँकी प्रदेशमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *