• फाल्गुन ८, २०८१
  • No Comment
  • 207

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : नेपाल आज लेबनानसँग भिड्दै

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ।

यसअघि दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच पहिलो खेल हुनेछ। प्रतियोगितामा रहेका चार टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेका थिए।

आजको खेल जित्दै नेपाल फाइनल यात्रा सुनिश्चित गर्न चाहन्छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि लेबनानविरुद्ध जितकै लागि खेल्ने बताएका छन्।

नेपालका लागि पहिलो खेलमा विमला चौधरीको एक मात्र गोल निर्णायक बनेको थियो, तर फिनिसिङमा कमजोरी देखिएको थियो। आजको खेलमा त्यसलाई सुधार्ने नेपालले अपेक्षा राखेको छ।

लेबनानका प्रशिक्षक वेल घार्जेदिनले पहिलो खेलमा पराजय भोगेपछि केही परिवर्तन गर्ने संकेत दिएका छन्। सोमबार मात्रै काठमाडौं आइपुगेका लेबनानका तीन खेलाडी आजको खेलमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।

नेपाल र लेबनान यसअघि एक पटकमात्र भिडेका थिए। गत वर्ष वाफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले २-१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।

आजको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ। लगातार दोस्रो जित हात पार्दै टोली सेमिफाइनल पुग्न चाहन्छ।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *