• फाल्गुन ८, २०८१
  • No Comment
  • 14

आज वीरेन्द्रनगर नगरपालिकामा शोक विदा 

आज वीरेन्द्रनगर नगरपालिकाले शोक विदा गरेको छ। नगरपालिकामा कार्यरत सब-इन्जिनियर दिनेशकुमार पुरीको निधनप्रति शोक व्यक्त गर्दै उक्त निर्णय गरिएको हो।

वीरेन्द्रनगर-११ स्थित आफ्नै निवासमा बुधबार पुरीको निधन भएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका-२ काे वडा कार्यालयमा कार्यरत थिए।

पुरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामनासहित बिहीबार नगरपालिका तथा अन्तर्गतका सम्पूर्ण निकायहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा प्रवाह बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र शर्माले जानकारी दिए।

नगरपालिकाले पुरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सम्बन्धित खबर

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान गयो

महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कर्पियो दुर्घटना, चार नेपालीको ज्यान…

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएकाे छ। शुक्रबार…
बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराकाे बिहे भोजमा झडप, २९ वर्षीय युवकको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेमा गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय…
आजकाे माैसम

आजकाे माैसम

आज शनिबार देशका धेरैजसो स्थानमा मौसम बदली हुने तथा मधेसबाहेकका बाँकी प्रदेशमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *