• फाल्गुन ८, २०८१
  • No Comment
  • 153

आज वीरेन्द्रनगर नगरपालिकामा शोक विदा 

आज वीरेन्द्रनगर नगरपालिकाले शोक विदा गरेको छ। नगरपालिकामा कार्यरत सब-इन्जिनियर दिनेशकुमार पुरीको निधनप्रति शोक व्यक्त गर्दै उक्त निर्णय गरिएको हो।

वीरेन्द्रनगर-११ स्थित आफ्नै निवासमा बुधबार पुरीको निधन भएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका-२ काे वडा कार्यालयमा कार्यरत थिए।

पुरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामनासहित बिहीबार नगरपालिका तथा अन्तर्गतका सम्पूर्ण निकायहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा प्रवाह बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र शर्माले जानकारी दिए।

नगरपालिकाले पुरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सम्बन्धित खबर

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…
उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन् अचुक फाइदाहरु ?

उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन्…

 काठमाडौँ। अंगुर रसिलो मात्र नभई स्वास्थ्यका दृष्टिले अत्यन्त उपयोगी फल मानिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसले शरीरलाई ऊर्जा दिनुका साथै विभिन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *