• फाल्गुन १, २०८१
  • No Comment
  • 78

 गाई तस्करीको प्रयास: ७ गाईसहित दुई जना पक्राउ

रौतहट प्रहरीले ७ वटा गाईसहित दुई जनालाई पक्राउ गरेको छ। अवैध रूपमा गाई र बाछा लैजान खोज्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नं. २ फतुवाका ४३ वर्षीय ओहिद अन्सारी र यमुनामाई गाउँपालिका वडा नं. ३ का २८ वर्षीय शेख सोहेब आलम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी दीपककुमार रायका अनुसार, अवैध रूपमा गाई र बाछो लैजाँदै गर्दा उनीहरूलाई फतुवाबाट पक्राउ गरिएको हो। पक्राउ परेका गाईलाई आवश्यक प्रक्रिया पूरा गर्न गौर भन्सार कार्यालयमा बुझाइएको छ।

यस घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। प्रहरीले गाईको अवैध ओसारपसार रोक्न कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अवैध गतिविधि रोक्न प्रहरी सक्रिय रहेको र कानुन अनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

सुर्खेतमा ब्राउनसुगरसहित दुई जना नियन्त्रणमा

सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ ७:३० बजे वीरेन्द्रनगर–१२ नेवारेमा लागुऔषध नियन्त्रण शाखा सुर्खेत र…
सुर्खेतमा १.४३० ग्राम ब्राउन सुगरसहित  ४ जना पक्राउ

सुर्खेतमा १.४३० ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले वीरेन्द्रनगर नगरपालिका वडा…
साँठगाँठको षड्यन्त्र

साँठगाँठको षड्यन्त्र

लेखक – निडर चदारा। अँध्यारो कोठामा दुई छायाँ भेटिन्छन्, जनताको सपना चोर्ने नक्सा कोर्छन्। एक छायाले भन्छ — “सत्ता मेरो हातमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *