• भदौ १५, २०८२
  • No Comment
  • 284

साँठगाँठको षड्यन्त्र

लेखक – निडर चदारा।

अँध्यारो कोठामा
दुई छायाँ भेटिन्छन्,
जनताको सपना चोर्ने
नक्सा कोर्छन्।

एक छायाले भन्छ —
“सत्ता मेरो हातमा छ।”
अर्को छायाले भन्छ —
“पैसाको झोला मेरो घरमा पुग्नुपर्छ।”

दुबै हाँस्छन् —
“जनताको आँसु हाम्रो गहना हो,
क्रान्तिको आवाज
हाम्रो लागि खतरा हो।”

त्यसैले
विद्रोहको नाम धारण गर्ने मान्छे
षड्यन्त्रको निशाना हुन्छ,
दलालहरूको सौदा
उसको विरोधमा हुन्छ।

यो विरोध
न विचारको कारण हो,
न जनताको मागको कारण हो।
यो विरोध
साँठगाँठको व्यापार हो,
षड्यन्त्रको खेल हो।

तर हे छायाहरू !
इतिहासले देखिसकेको छ —
जनताको समुद्रलाई
षड्यन्त्रले रोक्न सक्दैन।
सहिदको रगतलाई
दलालीको सौदाले मेट्न सक्दैन।

आज तिमीहरूले
क्रान्तिको नाम मेट्ने खेल खेल्छौ भने,
भोलि जिउदो चिहान हुन्छौ
जनताको आँधी आउँछ —
र साँठगाँठको महल
ध्वस्त हुन्छ। ध्व्स्त हुन्छ।

सम्बन्धित खबर

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

कर्णालीमा मर्यादित महिनावारी व्यवस्थापनबारे संवाद कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशमा मर्यादित महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे बहुपक्षीय छलफल गर्ने उद्देश्यले “महिनावारी संवाद” कार्यक्रम…
पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

पहिले सूचना लुकाउँदा अहिले बर्डफ्लुको जोखिम

 काठमाडौं । ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरिएको आरोपपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानाका प्रमुख सत्यनारायण साहलाई…
सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेतमा जबरजस्ती करणी मुद्दामा फरार रहेका रिजाल पक्राउ

सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११…

Leave a Reply

Your email address will not be published. Required fields are marked *