• भदौ १५, २०८२
  • No Comment
  • 90

सुर्खेतमा १.४३० ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बाट १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोतीलाल सुनुवारले दिएको जानकारी अनुसार, शुक्रबार साँझ ५:०० बजेको समयमा वीरेन्द्रनगर-१० स्थित लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।

यसलक्रममा वीरेन्द्रनगर-१० का २८ वर्षीय भक्त नेपाली र २३ वर्षीय नेपालीलाई ९९ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
यसैगरी, भदाै १४ गते दिउँसो १:३० बजे वीरेन्द्रनगर-१२ स्थित भित्री सडकखण्डमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगर-१२ का २८ वर्षीय निरज बाहुदार, २३ वर्षीय विशाल राई, २३ वर्षीय प्रेम राना र २३ वर्षीय प्रेम सिंह ठकुरीलाई ६४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुनुवारले जानकारी दिए।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *