• भदौ १५, २०८२
  • No Comment
  • 129

सुर्खेतमा १.४३० ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बाट १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मोतीलाल सुनुवारले दिएको जानकारी अनुसार, शुक्रबार साँझ ५:०० बजेको समयमा वीरेन्द्रनगर-१० स्थित लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो।

यसलक्रममा वीरेन्द्रनगर-१० का २८ वर्षीय भक्त नेपाली र २३ वर्षीय नेपालीलाई ९९ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
यसैगरी, भदाै १४ गते दिउँसो १:३० बजे वीरेन्द्रनगर-१२ स्थित भित्री सडकखण्डमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले वीरेन्द्रनगर-१२ का २८ वर्षीय निरज बाहुदार, २३ वर्षीय विशाल राई, २३ वर्षीय प्रेम राना र २३ वर्षीय प्रेम सिंह ठकुरीलाई ६४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुनुवारले जानकारी दिए।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *