• माघ २३, २०८१
  • No Comment
  • 113

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शहरी विकास मन्त्रालयलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले पदबहालीका क्रममा ३०० दिनभित्र रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने निर्णय लिएका थिए ।

रंगशालामा प्यारापिट र ल्फडलाइटिङ निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमको कार्यान्वयनमा ढिलाइको चिन्ता व्यक्त गर्दै, पूर्वाधार निर्माणमा ढिलाइ गर्दा मुलुकको उत्पादन र उत्पादकत्वमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए । उनले मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति सन्तोषजनक भए पनि काममा तीव्रता ल्याउन निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *