• माघ २३, २०८१
  • No Comment
  • 139

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्रता ल्याउन निर्देशन

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन शहरी विकास मन्त्रालयलाई तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले पदबहालीका क्रममा ३०० दिनभित्र रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने निर्णय लिएका थिए ।

रंगशालामा प्यारापिट र ल्फडलाइटिङ निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमको कार्यान्वयनमा ढिलाइको चिन्ता व्यक्त गर्दै, पूर्वाधार निर्माणमा ढिलाइ गर्दा मुलुकको उत्पादन र उत्पादकत्वमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए । उनले मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति सन्तोषजनक भए पनि काममा तीव्रता ल्याउन निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *