• पुस २८, २०८१
  • No Comment
  • 135

केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ। केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।

यस्तै, काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ।

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।

सम्बन्धित खबर

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारकाे क्रममा मृत्यु

जुम्ला, २९ फागुन । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८…
उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन् अचुक फाइदाहरु ?

उपयोगी अंगुर : के-के पोषक तत्व पाइन्छ? के-के छन्…

 काठमाडौँ। अंगुर रसिलो मात्र नभई स्वास्थ्यका दृष्टिले अत्यन्त उपयोगी फल मानिन्छ। पोषक तत्वले भरिपूर्ण भएकाले यसले शरीरलाई ऊर्जा दिनुका साथै विभिन्न…

Leave a Reply

Your email address will not be published. Required fields are marked *