• पुस २८, २०८१
  • No Comment
  • 61

केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ। केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो।

राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।

यस्तै, काठमाडौं उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ।

विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *