• पुस ६, २०८१
  • No Comment
  • 157

महोत्तरीमा लुटेराद्धारा लुटपाटसहित घर धनीको हत्या

महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले लुटपाटसहित घर धनीको हत्या गरेका छन ।

आज बिहान करिब ३/४ बजेतिर आएको डाँकाको समूहले मनरा सिसवा-४ साँढाका ७० वर्षीय सुशील झाको घरमा लुटपाट गर्दै उनको हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले डाँकाको तीन/चार जनाको समूहले झाको घरबाट औँठी, मंगलसुत्रलगायतका सामान लुटेरसमेत लगेको बताए ।

डाँकाहरुले लुटपाट गर्दा प्रतिरोध गर्दा कुटपिटबाट झाको मृत्यु भएको उनले बताए । उनले यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको बताए ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *