• पुस ६, २०८१
  • No Comment
  • 191

महोत्तरीमा लुटेराद्धारा लुटपाटसहित घर धनीको हत्या

महोत्तरीको मनरा सिसवा नगरपालिकामा डाँका समूहले लुटपाटसहित घर धनीको हत्या गरेका छन ।

आज बिहान करिब ३/४ बजेतिर आएको डाँकाको समूहले मनरा सिसवा-४ साँढाका ७० वर्षीय सुशील झाको घरमा लुटपाट गर्दै उनको हत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले डाँकाको तीन/चार जनाको समूहले झाको घरबाट औँठी, मंगलसुत्रलगायतका सामान लुटेरसमेत लगेको बताए ।

डाँकाहरुले लुटपाट गर्दा प्रतिरोध गर्दा कुटपिटबाट झाको मृत्यु भएको उनले बताए । उनले यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको बताए ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *