• मंसिर ५, २०८१
  • No Comment
  • 19

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने वर्ष ६५ का रामजी नेपाली रहेका छन् । घाइते भएका उनलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा लगिएको र उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद…
डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा जिपले मोटरसाईकललाई ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ ।…
टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *