- मंसिर ३०, २०८१
- No Comment
- 30
सप्तरीमा स्कोर्पियोको ठक्करबाट एकजनाको मृत्यु
सप्तरीको बोदेबर्साईन नगरपालिका-१० खडकपुरस्थित स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा खडक नगरपालिका ७ कल्याणपुरका ३२ वर्षीय मोहम्मद कोराईस अलिको मृत्यु भएको हो । सुभनपट्टीबाट-बोदेबर्साइनतर्फ आउँदै गरेको विआर ०७ बिएबी ८१७२ नम्बरको भारतीय स्कोरपियोले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा अलिको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा खडक नगरपालिका ११ का मोटरसाइकल चालक अन्दाजी वर्ष २४ का मो. सदाम गम्भीर घाइते भएका छन् । उनको स्थानीय जीवन ज्वोती अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ । ठक्कर दिने स्कोरपियो इलाका प्रहरी कार्यालय बोदेबर्साइन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।