• कार्तिक २९, २०८१
  • No Comment
  • 23

पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँको अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।

सम्बन्धित खबर

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय…
दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेख आउँदै गरेको लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिँदा…
दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते

दैलेखमा चट्याङ पर्दा चार जना घाइते भएका छन् । शनिबार साँझ परेको चट्याङले दैलेख महावु गाउँपालिका-२, पिपलपाटा निवासी ३० वर्षीय डिल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *