• कार्तिक ८, २०८१
  • No Comment
  • 131

हरिणको मासुसहित बन्दुक बरामद

हरिपुर नगरपालिका-१, जानकीनगर नाखा टोलबाट बिहीबार हरिणको मासुसहित भरुवा बन्दुक बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान-९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो । वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट-१३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

घरबाट हरिणको मासु बरामद भए पनि वनका अध्यक्ष विक र उहाँका छिमेकी महरा भने फरार छन् । उनीहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । वनकर्मीले खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद गरेका छन् ।

भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने ‘टर्च लाइट’ फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दैआएको हुनसक्ने आशङ्का गरिएको छ । बरामद हतियार लामबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत सन्तोषकुमार झाले बताउनुभयो ।

बरामद भएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, वन कर्मचारी लगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ । बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *