• कार्तिक ८, २०८१
  • No Comment
  • 183

हरिणको मासुसहित बन्दुक बरामद

हरिपुर नगरपालिका-१, जानकीनगर नाखा टोलबाट बिहीबार हरिणको मासुसहित भरुवा बन्दुक बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान-९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो । वनका अध्यक्ष विकको घरबाट दुई केजी र हरिनारायणको घरबाट-१३ केजी हरिणको मासु बरामद भएको सर्लाहीका डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

घरबाट हरिणको मासु बरामद भए पनि वनका अध्यक्ष विक र उहाँका छिमेकी महरा भने फरार छन् । उनीहरूको खोजी भइरहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । वनकर्मीले खानतलासीको क्रममा हरिनारायण महराको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने एक थान नाल र एक थान खुकुरी बरामद गरेका छन् ।

भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने ‘टर्च लाइट’ फिट गरिएकाले उक्त हतियार पेसेवर सिकारीले वनजन्तुको सिकार गर्न प्रयोग गर्दैआएको हुनसक्ने आशङ्का गरिएको छ । बरामद हतियार लामबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत सन्तोषकुमार झाले बताउनुभयो ।

बरामद भएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी, वन कर्मचारी लगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ । बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *