• अशोज २४, २०८१
  • No Comment
  • 37

सल्यानको बुरेलीखोलामा फोर्स गाडी दुर्घटना, १६ घाइते,  ४ जनाकाे अवस्था  गम्भीर 

सल्यानको बुरेलीखोलामा नजिक फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । भने घाइते मध्येका ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज विहान ४ बजे तिर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढा रहेका छन र उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीका अनुसार २० यात्रु सवार गाडीमा १६ जना घाइते भएका हुन ।

सामान्य घाइते १२ जनालाई उद्दार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनााएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

सामाजिक संजालमा निकै चर्चा कमाएका बालगायक सचिन परियारको निधन

सामाजिक संजालमा निकै चर्चा कमाएका बालगायक सचिन परियारको निधन

सामाजिक सञ्जालबाट चर्चामा आएका बालगायक सचिन परियारको मृत्यु भएको छ । उनको आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…
आइसिसी यू–१९ महिला विश्वकपमा नेपाल, अस्ट्रेलिया र बंगलादेश, स्कटल्यान्ड भिड्दै

आइसिसी यू–१९ महिला विश्वकपमा नेपाल, अस्ट्रेलिया र बंगलादेश, स्कटल्यान्ड…

पहिलोपटक आइसिसी यू–१९ महिला विश्वकप खेल्न लागेको नेपालले समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डविरुद्ध खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का…
स्वीजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

स्वीजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

नयाँ वर्षसँगै स्विट्जरल्याण्डमा सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अखनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *