• अशोज २४, २०८१
  • No Comment
  • 74

सल्यानको बुरेलीखोलामा फोर्स गाडी दुर्घटना, १६ घाइते,  ४ जनाकाे अवस्था  गम्भीर 

सल्यानको बुरेलीखोलामा नजिक फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । भने घाइते मध्येका ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज विहान ४ बजे तिर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढा रहेका छन र उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीका अनुसार २० यात्रु सवार गाडीमा १६ जना घाइते भएका हुन ।

सामान्य घाइते १२ जनालाई उद्दार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनााएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *