• अशोज २४, २०८१
  • No Comment
  • 171

सल्यानको बुरेलीखोलामा फोर्स गाडी दुर्घटना, १६ घाइते,  ४ जनाकाे अवस्था  गम्भीर 

सल्यानको बुरेलीखोलामा नजिक फोर्स गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । भने घाइते मध्येका ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु २ ख ५००२ नम्बर को फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज विहान ४ बजे तिर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पश्चिम रुकुम चौरजहारी नगरपालिका १ पश्चिम रुकुमका वर्ष ३३ का त्रिलोचन गिरी, कुमाख गाउँपालिका ३ सल्यानका ३२ वर्षका गिता वुढा रहेका छन र उनीहरुलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम खत्रीका अनुसार २० यात्रु सवार गाडीमा १६ जना घाइते भएका हुन ।

सामान्य घाइते १२ जनालाई उद्दार गरेर उपचारका लागि चौरजहारी अस्पताल पुर्‍याईएको प्रहरीले जनााएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *