• अशोज १, २०८१
  • No Comment
  • 231

आज विश्वकर्मा पूजा एवमं वास्तु दिवस, धुमधामका साथ यो पर्व मनाइँदै

आज असोज १ गत्ते अर्थात आश्विन सङ्क्रान्ति वास्तु दिवस एवं विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष आजकै दिन कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन रहँदै आएको छ ।

आज सबै कल-कारखानाहरुमा विश्वकर्माको मूर्ति अथवा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कल-कारखानालाई विशेष रुपमा सजाएर विश्वकर्माको मूर्ति भोलि बुधवार नजिकैको नदीमा लगेर सेलाइन्छ ।

आजको दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानिँदै आएको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्त प्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ ।

आजको यस दिनमा आफ्नो फलाम तथा मेसिनरि सामानको पुजाआजा गरी मिठाई खाने र सबै इष्टमित्र बसेर रमाइलो गर्ने प्रचल छ । यो नेपालमा पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ ।

सम्बन्धित खबर

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

सुर्खेतको भेरीगङ्गामा मदिरा सेवन गरी सुतेका खत्री मृत फेला

 सुर्खेत। सुर्खेतको भेरीगङ्गा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा भेरीगङ्गा नगरपालिका–३ ढुङ्गेखोला निवासी ५५ वर्षीय…
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४…
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा…

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२…

Leave a Reply

Your email address will not be published. Required fields are marked *