• असार ९, २०८३
  • No Comment
  • 5

देशभरका १८ अस्पतालमा ‘जलन उपचार’ सेवा विस्तार

सरकारको एक सय दिने प्रतिबद्धताअनुसार देशभरका प्रमुख अस्पतालहरूमा जलन (बर्न) उपचार सेवा विस्तार सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जलनका बिरामीलाई सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा विशेष युनिट तथा वार्डहरू सञ्चालनमा ल्याइएका छन्। छुट्टै विशिष्टीकृत अस्पताल बनाउनुभन्दा सुविधा सम्पन्न ठूला अस्पतालहरूमै यस्ता वार्ड स्थापना गर्दा जलनसँगै आवश्यक पर्ने प्लास्टिक सर्जरी र अन्य जटिल उपचार एकै ठाउँबाट दिन प्रभावकारी हुने मन्त्रालयको निष्कर्ष छ।

यो अभियानलाई व्यवस्थित बनाउन मन्त्रालयले स्वास्थ्यकर्मीहरूको दक्षता वृद्धिमा समेत विशेष जोड दिएको छ। जसअन्तर्गत अहिलेसम्म १०९ जना स्वास्थ्यकर्मीलाई आधारभूत र २१७ जनालाई विशेष जलन उपचार सम्बन्धी तालिम प्रदान गरिसकिएको छ। यो तयारीसँगै अब सर्वसाधारणले जलनको प्रारम्भिक र आकस्मिक उपचारका लागि टाढा धाउनु नपर्ने र आफ्नै पायक पर्ने नजिकैका अस्पतालहरूबाटै सेवा पाउने अपेक्षा गरिएको छ।

हालसम्म देशका विभिन्न प्रमुख अस्पतालहरूमा यो सेवा सुरु भइसकेको छ। जसमा कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिंग), वीर अस्पताल (नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल रहेका छन्। यसैगरी उपत्यका बाहिरका कोशी अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरी सेवा सञ्चालन गरिएको छ।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *