• बैशाख २, २०८३
  • No Comment
  • 25

विश्व कराते वरीयतामा एरिका गुरुङको ऐतिहासिक छलाङ: विश्वकै दोस्रो नम्बरमा उक्लिइन्

चीनको लेशानमा हालै सम्पन्न ‘कराते वान प्रिमियर लिग २०२६’ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेकी नेपालकी एरिका गुरुङले विश्व वरीयतामा ऐतिहासिक सफलता प्राप्त गरेकी छिन्। विश्व कराते महासंघ (डब्लुकेएफ) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार एरिका महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा विश्वकै दोस्रो स्थानमा उक्लिएकी हुन्। यसअघि ११औं स्थानमा रहेकी एरिकाले प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै नौ स्थानको छलाङ मार्न सफल भएकी छिन्, जुन नेपाली कराते इतिहासमा अहिलेसम्मकै ठुलो उपलब्धि हो।

चीनमा भएको फाइनल भिडन्तमा एरिका विश्व नम्बर एक खेलाडी कजाकस्तानकी सोफिया बेरुल्तसेभासँग २–१ को झिनो अन्तरले पराजित भएकी थिइन्। कडा प्रतिस्पर्धामा पराजित भए पनि प्राप्त अंकका आधारमा उनले इङ्ल्यान्डकी रोशेल वाल्टर्सलाई पछि पार्दै दोस्रो स्थान सुरक्षित गरेकी हुन्। हाल शीर्ष स्थानमा रहेकी सोफियाको २९७० अंक छ भने दोस्रो स्थानमा रहेकी एरिकाले १५०० अंक प्राप्त गरेकी छिन्। त्यस्तै तेस्रो स्थानमा झरेकी रोशेलको १२०० अंक रहेको छ।

यसै वर्ष मात्र कराते वान प्रिमियर लिगमा लगातार दुईवटा रजत पदक जितेकी एरिकाले आफूलाई विश्वकै शीर्ष खेलाडीको रूपमा स्थापित गरिसकेकी छिन्। सेमिफाइनलसम्मका प्रतिस्पर्धीलाई सहजै पाखा लगाउँदै फाइनलसम्मको यात्रा तय गरेकी उनले नेपाली खेलकुदलाई विश्व मञ्चमा नयाँ उचाइ दिएकी छिन्। अबको मुख्य लक्ष्य विश्व नम्बर एक खेलाडी बन्ने रहेको बताउने एरिकाको यो सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको बलियो उपस्थिति रहने संकेत गरेको छ।

सम्बन्धित खबर

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई…
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…

Leave a Reply

Your email address will not be published. Required fields are marked *