• चैत्र २६, २०८२
  • No Comment
  • 6

मृगौला स्वस्थ राख्न के कुरामा ध्यान दिने ?

 काठमाडौं । मानव शरीरको अत्यन्तै महत्वपूर्ण अंग मृगौला (किड्नी) हो, जसले शरीरलाई स्वस्थ र सन्तुलित राख्न मुख्य भूमिका खेल्छ । मृगौलाले रगतमा रहेका फोहोर पदार्थ र विषाक्त तत्व (टक्सिन) पिसाबमार्फत बाहिर निकाल्ने काम गर्छ । साथै, यसले शरीरको इलेक्ट्रोलाइट सन्तुलन मिलाउनुका साथै रक्तचाप नियन्त्रण गर्न समेत सहयोग पुर्‍याउँछ ।

मृगौलाले युरिया र युरिक एसिडजस्ता हानिकारक रसायनलाई बाहिर निकाल्नुका साथै ग्लूकोज, एमिनो एसिड, सोडियम, पानी, फस्फोरस, म्याग्नेसियम र पोटासियमजस्ता आवश्यक पोषक तत्वलाई पुनः शरीरमा अवशोषित गराउने काम गर्छ । यसबाहेक, मृगौलाले रातो रक्तकोशिका निर्माणमा सहयोग गर्नुका साथै भिटामिन डी उत्पादन गरी हड्डी मजबुत बनाउन पनि भूमिका खेल्छ ।

पछिल्लो समय अस्वस्थ जीवनशैली र असन्तुलित खानपानका कारण मृगौला सम्बन्धी रोग बढ्दो क्रममा छन् । तर, स्वस्थ बानी र सही आहार अपनाएमा यस्ता समस्याबाट बच्न सकिन्छ ।

१. पर्याप्त पानी पिउने
मृगौला स्वस्थ राख्न दैनिक पर्याप्त मात्रामा पानी पिउनु अत्यावश्यक हुन्छ । सामान्यतया एक स्वस्थ व्यक्तिले दिनभरमा करिब ३–४ लिटर पानी पिउनु उपयुक्त मानिन्छ । यसले शरीरका फोहोर तत्व बाहिर निकाल्न सहयोग गर्छ ।

२. सन्तुलित आहार सेवन गर्ने
अत्यधिक चिनी र नुनको सेवनले मृगौलामा नोक्सान पुर्‍याउन सक्छ । त्यसैले मिठाई, केक, चकलेट, अचार, पापडजस्ता खानेकुरा सीमित मात्रामा सेवन गर्नुपर्छ ।

३. धूमपान र मद्यपानबाट टाढा रहने
धूमपान र मद्यपानले कलेजो मात्र होइन, मृगौलामा पनि नकारात्मक असर पार्छ ।

स्वस्थ व्यक्तिको मृगौलाले प्रतिमिनेट करिब १०० देखि १३० मिलिलिटर रगत फिल्टर गर्छ । सामान्य अवस्थामा पिसाब रंगहीन हुन्छ र करिब तीन–तीन घण्टामा पिसाब लाग्नु स्वाभाविक मानिन्छ ।

तर, पिसाब गर्दा पोल्ने, बारम्बार पिसाब लाग्ने, पिसाब रोकिँदै जाने वा खुट्टा सुन्निने जस्ता लक्षण देखिएमा मृगौला समस्याको संकेत हुन सक्छ ।

मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले चिनी र नुनको सेवन नियन्त्रणमा राख्नुपर्छ । साथै, सबैले वर्षमा कम्तीमा एक पटक किड्नी फङ्सन टेस्ट गराउनु उपयुक्त हुन्छ ।

मृगौला रोग भएका बिरामीको खानपान व्यक्तिगत अवस्थाअनुसार निर्धारण गर्नुपर्छ । बिरामीको तौल, उमेर, काम, आर्थिक अवस्था र रोगको अवस्था (जस्तै– पत्थरी, संक्रमण, युरिक एसिड आदि) का आधारमा आहार व्यवस्थापन गरिन्छ ।

खाना र औषधि दुवै समयमै र सन्तुलित रूपमा लिनु अत्यन्त आवश्यक हुन्छ । सही आहारले कुपोषण हुनबाट बचाउनुका साथै मृगौलाको कार्यक्षमता जोगाउन मद्दत गर्छ ।

मृगौला शरीरको “फिल्टर सिस्टम” हो, जसले रगत सफा राखेर शरीरलाई स्वस्थ बनाइराख्छ । त्यसैले स्वस्थ जीवनशैली, सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणमार्फत मृगौलालाई सुरक्षित राख्नु आजको आवश्यकता हो ।

सम्बन्धित खबर

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत, २६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार बेलुका…
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा…
ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *