• चैत्र २६, २०८२
  • No Comment
  • 6

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत, २६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

बिहीबार बेलुका करिब ५ बजेको समयमा नियमित चेकजाँचका क्रममा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ००४४ नम्बरको फोर्स गाडीलाई रोकेर जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, लागु अाैषध ब्युराे, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले गाडीमा सवार यात्रुको खानतलासी गर्ने क्रममा करिब ७ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २९ वर्षीय विशाल खाँण ठकुरी रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट २ पोका र १ पुडिया गरी करिब ७ ग्राम ५०० मिलिग्राम लागूऔषध फेला परेको हो ।

प्रहरीले नियमित सुरक्षा जाँचलाई कडा बनाउने क्रममा शंकास्पद देखिएकाले चेकजाँच गर्दा लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका ठकुरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा…
ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ…
पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । बुधबार भएको घटनामा झापाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *