• चैत्र २६, २०८२
  • No Comment
  • 3

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुने’ सर्तमा दुवै जनालाई प्रहरी हिरासतबाट मुक्त गरिएको हो ।

भदौ २३ र २४ मा भएको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको थियो । त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी प्रहरीले हिरासतमा राख्दै आएको थियो ।

यसबीच, बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभए हिरासतमुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशअनुसार तेस्रो म्याद बुधबारसम्म मात्रै कायम थियो ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले चैत २५ पछि हिरासतमा नराख्न आदेश दिएको थियो । अदालतले अनुसन्धान अवधिमा मुद्दा दायर हुने वा नहुने निर्णय गर्न र सो सम्भव नभए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार प्रक्रिया पूरा गरी रिहा गरेर थप अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्ले पनि कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो घटनामा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए ।

स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको गणमा राखिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत, २६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार बेलुका…
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा…
पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । बुधबार भएको घटनामा झापाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *