• चैत्र २६, २०८२
  • No Comment
  • 4

आज तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले जनाएको छ कि कोशी प्रदेशका पहाडी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ । यस क्रममा पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ । पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा तथा हिमपात हुन सक्ने क्षेत्रका सर्वसाधारण, यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत, २६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार बेलुका…
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा…
ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *