• चैत्र २६, २०८२
  • No Comment
  • 6

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित २८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिव अरुण पोखरेल, महराका छोरा राहुल महरासहित २८ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । आयोगले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरेको जनाएको छ ।

आयोगका अनुसार चिनियाँ तस्कर समूहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको आरोपमा उनीहरूमाथि अनुसन्धानपछि मुद्दा दायर गरिएको हो । २०७९ साल पुसमा भेपमार्फत नेपाल भित्र्याइएको सुन पास गराउन महरासहितका व्यक्तिहरू संलग्न रहेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त सुन भारतको महाराष्ट्र राज्यका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको छ । चीनबाट दावाजिन वाङमार्फत नेपाल ल्याई भारतीय नागरिकसम्म पुर्‍याउने योजना भए पनि बीचमै सेटिङ नमिल्दा तस्करी प्रकरण सार्वजनिक भएको बताइएको छ ।

राजनीतिक जीवनतर्फ, माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय रहेका महरा शान्ति प्रक्रियापछि निरन्तर सत्तामा रहँदै आएका थिए । २०६३ सालको अन्तरिम सरकारमा मन्त्री बनेका उनी पछि उपप्रधानमन्त्री हुँदै अर्थ, गृह र परराष्ट्रजस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्दै प्रतिनिधिसभाको सभामुखसमेत बनेका थिए ।

यसअघि पनि विभिन्न विवादमा तानिएका महरासँग सम्बन्धित पुराना अडियो प्रकरण र संसद् सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको आरोपमा भएको पक्राउ प्रकरण चर्चामा आएका थिए ।

उक्त सुन तस्करी प्रकरणबारे थप कानुनी प्रक्रिया विशेष अदालतमा अघि बढ्ने भएको छ ।

सम्बन्धित खबर

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेतमा ७ ग्राम ब्राउनसुगरसहित एक युवक पक्राउ

सुर्खेत, २६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोष्टबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार बेलुका…
ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

 काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ…
पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ । बुधबार भएको घटनामा झापाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *